चितवनमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि

चितवन । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नवलपुरको कावासोती नगरपालिकामा दुई महिलासहित १४ जना र गैंडाकोट नगरपालिकामा ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

चितवन मेडिकल कलेजमा उपचाररत एक जना पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनी कैलालीको गोदावरी-७ का ५० वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ। उनी क्यान्सर अस्पतालबाट रिफर भएर आएका थिए।

यसैगरी चितवनको माडी नगरपालिकामा १७ देखि ६३ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

चितवनकै भरतपुर महानगरपालिका १६ का २१ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–१५ की ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। चितवनकै रत्ननगर नगरपालिका-४ की २७ वर्षीया एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको छ।

पछिल्लोपटक परीक्षण गरिएका २१४ वटा नमुनामध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ र १८० जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालले जनाएको छ।

More News last news
Loading...