भारतमा चट्याङका कारण १०७ को ज्यान गएको छ। जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को ज्यान गएको छ। यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन्।
उनले ट्वीट गर्दै लेखेका छन्, ‘बिहार र उत्तर प्रदेशका केहि जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको दुःखद समाचार पाएँ। राज्य सरकार तत्परताका साथ राहत कार्यमा जुटेका छन्। यो आपतकालीन स्थितीमा जसले आफ्नो ज्यान गुमाउनुपरेको छ, उनीहरुको परिवारप्रति आफ्नो समवेदना प्रकट गर्छु।’
कांग्रेस नेता राहुल गान्धीले पनि यस घटनामाथि दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री नितिश कुमारको कार्यलयको तर्फबाट जारी प्रेस विज्ञप्तिमा चट्याङका कारण मृत्यु भएकाहरुका लागि समवेदना व्यक्त गरिएको छ।
मुख्यमन्त्रीले मृतकको प्रत्येक परिवारलाई चार लाख भारु प्रदान गरिने जानकारीसमेत दिए। भारतको मौसम विभागले बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ।
मौसम विभागले भारती वर्षा र क्षतीको आशंका जताएको छ । भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ।
शुक्रबारका लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ। यसमा पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगञ्ज, सितामढी, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, सहरसा र मधेपुरामा अत्यधिक वर्षा हुने आशंका जताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
