विश्वभर कोरोना संक्रमण बढिरहेका बेला डब्ल्यूएचओले दियो यस्तो चेतावनी

काठमाडौँ । प्रत्येक साता विश्वभर कोरोना भाइरस संक्रमणको १० लाख नयाँ केस पुष्टि भइरहेको जनाइएको छ। यसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले अस्पतालमा अक्सिजन कन्सनट्रेटरको आपूर्तिमा संकट हुन सक्ने चतावनी दिएको छ।

कोरोनाबाट पीडित बिरामीहरूलाई सास फेर्न गाह्रो हुँदा अक्सिजनको अति आवश्यक हुने गर्छ। डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानोम गेब्रीयसुसले भने, धेरै देशहरुको अस्पतालका लागि अक्सिजन कन्सनट्रेटरको आपूर्ति पाउन गाह्रो भइरहेको छ। जति आपूर्ति भइरहेको छ त्यो भन्दा बढी माग रहेको छ । डब्ल्यूएचओले १४ हजार अक्सिजन कन्सनट्रेटर गरेको जनाइएको छ।

Advertisement

डाक्टर टेड्रोसले हेल्थ एजेन्सीको योजना अक्सिजन कन्सनट्रेटर आउने हप्तामा एक सय २० देशलाई पठाउनुपर्ने बताएका छन्। दस करोड डलरको लागतबाट एक लाख ७० हजार अक्सिजन कन्सनट्रेटर अझै खरिद गर्नुपर्ने र जुन अर्को ६ महिनामा उपलब्ध हुने जनाइएको छ।

बिहीबार विश्वभर कोरोना भाइरसको संक्रमण ९४ लाख भन्दा बढी पुगेको बीबीसीमा उल्लेख छ। डब्ल्यूएचओले यो हप्ताको अन्तसम्ममा विश्वमा कोरोना संक्रमणको केस एक करोड भन्दा बढी पुग्ने अनुमान लगाएको छ। अहिलेसम्म यो महामारीले ४ लाख ८० हजार जनाको ज्यान लिइसकेको छ।

More News last news
Loading...