खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

दुबईबाट आई क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। तर रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरुलाई मंगलबार घर पठाइएको थियो।

Advertisement

बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार भन्छन्, ‘उहाँहरुको स्वाब संकलन गर्ने नगर्ने नै अन्यौल थियो। स्वाब लिएछि पनि रिपोर्ट आउन ढिला भएपछि तीन दिन अगाडि घर जानु भयो।’

अब संक्रमण पुष्टि भएकाहरुलाई पाटन अस्पताल जान भनिएको उनले बताए।

More News last news
Loading...