काठमाडौं । पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११० जना महिला र ५१९ जना पुरुषमा गरी ६२९ जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।
त्यस्तै यस अवधिमा ११४ जना निको भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा १०६ पुरुष र ८ महिला छन्। यो सँगै कुल २ हजार ३ सय ३८ जना निको भइ घर फर्किएका छन्।
हालसम्म २४ जना मृतकमा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २२ वटा प्रयोगशालामा ६ हजार ८ सय २८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ७८ हजार ६ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् ८ हजार ३ सय ६६ जना आइसोलेसनमा रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
