चाँडै नै कोरोना विरुद्धको भ्याक्सिन सार्वजनिक गर्ने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची साझा गरेका छन् ।

उनका अनुसार केहि मानिसहरुले यो भाइरसलाई ‘ऊहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेका छन् । ट्रम्पले भने, ‘हामीले चाँडै नै भ्याक्सिन पाउँदैछौं… हामीले अमेरिकी सेनालाई शक्ति दिएका छौं ।’

Advertisement

डोनल्ड ट्रम्पले मानिसहरुलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको पनि जानकारी दिए र उनको सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको बताए ।

कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको छ ।

यो विषयमा ट्रम्पले भने, ‘हामीले अमेरिकी अर्थव्यवस्थालाई यो समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेका छौं । तपाईंहरु जस्तो अमेरिकी विद्यार्थीका लागि रोजगार सुरक्षित गर्ने उद्देश्यले हामीले ऐतिहासिक निर्णय लिएका छौं जसमार्फत् जागिर विदेशीको हातमा जानबाट रोकिनेछ । हामीले यो युद्ध अमेरिकी तरिकाले जित्नु पर्नेछ ।’अमेरिकाले धेरैभन्दा धेरै रोजगार उत्पन्न गर्नुपर्ने पनि उनले बताए ।

अमेरिकामा कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ र मृतकको संख्या १ लाख पार गरेको छ ।

More News last news
Loading...