लद्दाख झडप : भारतलाई पाठ सिकाउन चाहान्थे चिनियाँ कमाण्डर

एजेन्सी । केही दिनअघि लद्दाखस्थित गलवान झडपमा भारतीय सेनाका कर्नेलसहित २० जनाको ज्यान गयो ।

चिनियाँ सेनाको आक्रमणमा परेर उनीहरुको ज्यान गएलगत्तै दुई देशबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । वास्तवमा सो झडप हुनुको पछाडि कसको हात बढी छ भन्ने बहस पनि चलिरहेको छ । अहिले सो उपत्यकामा भएको झडप निम्त्याउनमा चिनियाँ सेनाका एक कमाण्डरको हात रहेको दाबी गर्दै रिपोर्टहरु बाहिर आइरहेका छन्।

Advertisement

अमेरिकी गुप्तचर संस्थाले मंगलबार जुन १५ को गलवान उपत्यकाको घटना हुनुमा चिनियाँ जनमुक्ति सेनाका कमाण्डर झाओ जोङ्कीको विशेष हात रहेको दाबी गरेको छ । उनले नै उक्त झडपका लागि आदेश दिएको गुप्तचर संस्थाले जनाएको छ । एजेन्सीका अनुसार झाओ सन् २०१७ मा डोकलाममा भएको विवादका क्रममा पनि त्यहाँका कमाण्डर थिए । उनकै कारण त्यहाँ पनि विवाद बढेको थियो । गल्वानमा पनि उनको आदेशमा झडप भएको एजेन्सीले दाबी गरेको छ ।

झाओ पश्चिमी थिएटर कमाण्डका जनरल हुन्

अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्टअनुसार जनरल झाओ चिनियाँ सेनाका पश्चिम थिएटर कमाण्डको नेतृत्व गर्छन् । उनी चिनियाँ जनमुक्ति सेनाका उच्च कमाण्डरहरुमध्ये एक हुन् । उनी अमेरिका र भारतबीचको सम्बन्धका कारण चीन दबाबमा पर्नु हुन्न् भन्ने मान्यता राख्ने गर्छन् । त्यसैले उनी भारतलाई पाठ सिकाउन चाहान्थे । झाओलो सन् २०१६ मा भारतका तत्कालीन सेना प्रमुख दलबीरसिंह सुहागलाई पनि भेटेका थिए ।

चीन भारतलाई चेतावनी दिन चाहान्थ्यो
एजेन्सीको रिपोर्टका अनुसार चीनको उद्देश्य भारतलाई आफ्नो शक्तिको महसुस गराउनु थियो । तर हिंसात्मक झडप हुन पुग्यो । भारतमा अहिले चीन विरोधी आवाजहरु उठिरहेका छन् । अब दुई देशबीचको वार्ता पहिले जसरी हुन सजिलो छैन । अब अमेरिका र भारत थप नजिक हुनेछन् । अमेरिकाले धेरैमहिना अघि भारतलाई चिनियाँ कम्पनी हुवेईको जी ५ नेटवर्क निर्माणका लागि सहयोग नगर्न चेतावनी दिएको थियो ।

जुन १५ को घटनापछि भारतीयहरु टिकटकजस्ता एप्सहरु हटाउन थालेका छन् भने चिनियाँहरु ह्यान्डसेटको प्रयोगलाई बेवास्ता गरिरहेका छन् । रिपोर्टका अनुसार चीनले आफुले चाहेको कुरा गर्न नसकेको दाबी गरिएको छ । उसले सोचेभन्दा फरक ढंगले परिस्थिति विकास भएको समेत जनाइएको छ ।

More News last news
Loading...