नेपालले भारतलाई गण्डक बाँधको मर्मत गर्न नदिदा बिहार डुब्ने त्रासले आतंक

काठमाडौँ । नेपालले गण्डक बाँधको मर्मत रोकिदिएपछि बिहार क्षेत्र डुबानमा पर्ने त्रासका कारण भारतमा आतंक मच्चिएको छ।

भारतले एकतर्फी रुपमा नेपाल–भारत सीमा क्षेत्रमा बिहारको पूर्वी चम्पारणको ढाका अनुमंडलमा लालबकेया नदीमा रहेको बाँध पुनर्निर्माण गर्न खोजेको थियो। तर, नेपालले आफ्ना धेरै क्षेत्र डुबानमा पर्ने भन्दै मर्मतको अनुमति दिएन।

Advertisement

बिहारका जल संसाधन मन्त्री कुमार झाले भने यो क्षेत्र ‘नो मेन्स ल्याण्ड’मा पर्ने दाबी गरेका छन् । तर त्यो वास्तविकता होइन। यो बाँधका कारण विगतका वर्षहरुमा नेपालका बस्ती डुबानमा पर्ने गरेका थिए। अहिले नेपालले पुनर्निमाण रोकिदिएपछि बिहार क्षेत्र डुबानमा पर्ने भन्दै भारतमा आतंक फैलिएको हो।

बिहारका जल संसाधन मन्त्री झाले समाचार एजेन्सी एएनआइसँग कुरा गर्दै भनेका छन्, ‘नेपालले यो बाँधका साथै कैयौं अन्य स्थानमा पनि मर्मत रोकिदिएको छ। पहिलो पटक हामी यस्तो समस्याको सामना गरिरहेका छौं। हामी मर्मतका लागि सामग्रीसम्म पुग्न पाइरहेका छैनौं । हाम्रा स्थानीय इन्जिनियर र डिएमले सम्बन्धित अधिकारीसँग छलफल गरिरहेका छन् । म अब यो स्थितिबारे विदेश मन्त्रालयलाई पत्र लेख्छु।’

यदि यो मुद्दालाई समयमै सम्बोधन नगरिए बिहारको ठूलो हिस्सामा बाढी आउने उनको दाबी छ। उनले भने,’ यदि नेपालमा वर्षाका कारण गण्डक नदीको जलस्तर बढ्यो भने यसले गम्भीर समस्या उत्पन्न गर्नेछ। गण्डक बाँधका ३६ ढोका छन्। यीमध्ये १८ वटा नेपालमा छन्।’

 

More News last news
Loading...