पाकिस्तानीको गाेली लागेर मारिएका भारतीय सेना नेपाली भएको पुष्टि

काठमाडौँ । जम्मु कश्मीरको सीमा क्षेत्रमा भएको भिडन्तमा मारिएका एक भारतीय सैनिक नेपाली मुलका नागरिक भएको खुलेको छ। नेपाली मूलका हवल्दार दीपक कार्की पाकिस्तानी सेनाको गोली लागेर मारिएका हुन्।

दिपक कार्की गुल्मी क्षत्रकोट ५, खर्ज्याङ निवासी शलिकराम कार्कीका छोरा हुन्। चीनसँगै भारतको पाकिस्तानी सीमामा पनि तनाव बढेको छ। दिनहुँजसो पाकिस्तानी सेनाको गोली लागेर भारतीय सैनिक मारिरहेका छन्।

Advertisement

केहि दिन अघि मात्र भारत र चीनको सैनिकबीच लद्दाखको गलवान घाटीमा भएको भिडन्तमा २० भारतीय सैनिक मारिएका थिए।

 

More News last news
Loading...