गण्डकीका सांसद् दीपक मनाङेले दिए समितिबाट राजीनामा

पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन्। समितिका सभापति दीपक कोइरालालाई शुक्रबार राजीनामा दिएको सांसद् गुरुङले बताए।

कामै नभएको समितिमा बसिरहनु औचित्य नदेखेकाले राजीनामा दिएको उनको भनाई छ। ‘ठेक्का पट्टामा मन्त्रीका नजिकका मान्छे इन्जिनियर छन् । अनुगमन गर्ने भनेको त्यस्तै हो।’

Advertisement

नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्य विहीन समितिमा बस्न आफैँलाई लाज लागेर राजीनामा दिएको उनले बताए।

More News last news
Loading...