काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी जिल्ला छत्रकोट गा.पा. वडा नं ५ का निवासी ६९ बर्षीय एक बृद्धको मृत्यु भएको जनाएको छ ।
उनी प्यारालाइसिस उपचारका लागि भारत गएर फर्केका थिए । यो सँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने संख्या २३ पुगेको छ ।
हालसम्म नेपालमा ९ हजार वढी संक्रमित छन् भने १७७२ जना उपचारपछि निको भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
