काठमाडौं । नेपालमा थप ४ सय २१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा ४ सय २१जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । यस्तै आईतबार १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। यी सहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ।
त्यस्तै मृत्यु भएका २२ जनामा कोरोना पुष्टि भएको छ । आजसम्म नेपालका ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
