यी हुन् विश्वमा सबैभन्दा धेरै कमाउने टपटेन भिडियो गेम

सन् १९५८ मा विश्वकै पहिलो भिडियो गेम ‘टेनिस फर टू’ सार्वजनिक हुँदा त्यसले धेरैको ध्यान आकर्षित गर्‍यो । नगरोस् पनि किन ? पहिलो भिडियो गेम निकै विशेष थियो र मानिसहरुका लागि नौलो प्रयोग थियो ।

यसबीचमा भिडियो गेमको इतिहासले ६२ वर्ष पार गरिरहँदा प्रविधिको हिसाबले ठूलो फड्को मारिसकेको मात्र छैन एक विशाल अर्थतन्त्रको रुपमा स्थापित भैसकेको छ । भिडियो गेमले पहिलोपटक सन् १९८० को दशकमा ठूलो परिमाणको व्यापारिक सफलता हासिल गरेको थियो। उक्त समयलाई भिडियो गेमको लागि सुनौलो समय पनि भनिन्छ । अहिले भिडियो गेम उद्योगले वार्षिक एक खर्ब डलरको कारोबार गर्दछ।

Advertisement

अहिले दुनियाँमा असंख्य भिडियोगेमहरु उपलब्ध छन् । ती मध्ये सबैभन्दा धेरै आम्दानी गर्न सफल भिडियो गेमहरुको सूचीचाहिँ यस्तो छः

१ पोकेमोनः निन्टेन्डोलगायतका कम्पनीको स्वामित्वमा रहेको लोकप्रिय भिडियो गेम पोकेमोन सन् १९९६ मा सार्वजनिक भएको थियो । पोकेमोन अहिलेसम्मकै सबैभन्दा धेरै आम्दानी गर्न सफल भएको भिडियो गेम हो । यसको हालसम्मको कूल आम्दानी ९० अर्ब डलर रहेको छ ।

२ मारियोः निन्टेन्डो कम्पनीकै भिडियो गेम मारियो सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनीको सूचीमा दोश्रो स्थानमा रहेको छ । यो भिडियो गेम सन् १९८१ मा सार्वजनिक भएको हो । यसको कूल आम्दानी ३० अर्ब २५ करोड डलर रहेको छ ।

३ कल अफ ड्यूटीः एक्टिभिजन कम्पनीले सन् २००३ मा ल्याएको कल अफ ड्युटी नामक भिडियो गेमले हालसम्म १७ अर्ब डलर कमाएको छ।

४ वीः जापानी कम्पनी निन्टेन्डोले सन् २००६ मा ल्याएको अर्को लोकप्रिय भिडियो गेम हो धष्ष् । यो भिडियो गेमले हालसम्म १४ अर्ब ८० करोड डलर आम्दानी गरिसकेको छ ।

५ प्याकम्यानः बान्दाई नाम्को एन्टरटेइनमेन्टले सन् १९८० मा ल्याएको प्याक म्यान भिडियो गेमले १४ अर्ब १० करोड डलर भन्दा धेरै कमाएको छ ।

६ स्पेस इन्भेडर्सः टाइटो स्क्वाएयर एनिक्स कम्पनीले सन् १९७८ मा यो भिडियो गेम ल्याएको हो । स्पेस इन्भेडर्सले १३ अर्ब ९३ करोड डलर कमाउन सफल भयो ।

७ डुंगिओन फाइटर अनलाइनः निओपल निक्सनले सन् २००५ मा सार्वजनिक गरेको यो भिडियो गेमले हालसम्म ११ अर्ब ८० करोड डलर आम्दानी गरेको छ ।

८ स्ट्रिट फाइटरः सबैभन्दा धेरै कमाउने भिडियो गेमको आठौँ नम्बरमा पर्न सफल स्ट्रिट फाइटरलाई क्यामकोप कम्पनीले सन् १९८७ मा ल्याएको थियो । त्यसले ११ अर्ब २७ करोड डलर भन्दा धेरै कमाएको छ।

९ फाइनल फन्टासीः स्क्वाएर एनिक्सले सन् १९८७ मा जारी ग्रेको उक्त भिडियो गेमले १० अर्ब ६५ करोड डलर भन्दा धेरै आम्दानी गरेको छ।

१० वार क्राप्टः ब्लिजार्ड एन्टरटेनमेन्टले सन् १९९४ मा ल्याएको वारक्राफ्ट नाम लोकप्रिय भिडियो गेम सबैभन्दा धेरै कमाउने भिडियो गेमको टपटेन सूचीमा अटाउन सफल भएको छ । यसले १० अर्ब ६२ करोड डलर कमाएको छ।

More News last news
Loading...