काठमाडौँ । भारतका रिटायर्ड मेजर जनरल जीडी बख्शीले नेपालप्रति अपमानजनक ट्वीट गरेका छन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गरेर ट्वीट शेयर गरेका छन्। सेउसेस्कु रोमानियाका तानाशाह थिए । जसलाई त्यहाँका जनताले विद्रोह गरी अपदस्थ गरेका थिए। उनलाई १९८९ को क्रिसमसका दिन गोली हानी मारिएको थियो।
बख्शीले नेपालका प्रधानमन्त्री ओलीले आफूमाथि पिठ्युँमा छुरा रोपेको कहिल्यै बिर्सने टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘भारतले चीनलाई ह्याण्डल गर्नको लागि कसैको सहयोग चाहिन्न । हामी यसो गर्नको लागि पर्याप्त ठूलो र बलियो छौं । तर, यस्ता समयले तपाइँलाई तपाइँका मित्र को हुन् भन्ने देखाउँछन्। अमेरिकी राजदूतले हाम्रा साहसीहरुलाई समर्थन गरे । तर, ती सेउसेस्कु, नेपालका ओलीले हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं।’

उनले नेपालप्रति यसअघि पनि विभिन्न समयमा विवादास्पद तथा अपमानजनक अभिव्यक्ति दिदै आएका थिए। विभिन्न टिभी टक शोहरुमा पनि उनी नेपालप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेको देखिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
