काठमाडौं । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गायक कृष्ण काफ्लेको तीज गीत “जाम कि नजाम भो ” सार्वजनिक भएको छ ।
गायक कृष्ण काफले र गायिका मिरा तामाङको आवाजमा सजिएको “जाम कि नजाम भो ” गीतमा स्वंयम काफ्लेको लय र शब्द रहेको छ ।
मौलिक रुपमा तयार पारिएको गीतमा चेलीको मनको पिडालाई प्रस्तुत गर्न खोजिएको छ । गीतको एरेन्ज महेश पुन तथा मिक्सिङ कृष्ण पुनले गरेका छन ।
दुर्गा पौडेलको छायाँकन, नविन घर्ति मगरको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन तथा माधव श्रेष्ठको कोरियोग्राफी भिडियोमा रहेको छ गीतको भिडियोमा स्वयंम मिरा तामाङ र कृष्ण काफलेको अभिनय रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
