गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

 

काठमाडौँ । गण्डकी प्रदेशमा शनिबार बिहानै थप ५८ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

Advertisement

स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा तनहुँका २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १, बाग्लुङमा ८ जना रहेका छन्। सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी रहेको पनि निर्देशनालयले जनाएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ।

More News last news
Loading...