नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन्। हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन्।

Advertisement

शुक्रबार गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११/११ जना कोरोना संक्रमित भेटिएका छन्।

त्यस्तै डडेल्धुरामा ९ जना, अछाम, कास्की, मकवानपुर र बाजुरा ८८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपरासी पूर्व कपिलवस्तु र सर्लाहीमा ४/४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३/३ जना, उदयपुर र रुपन्देहीमा २/२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १/१ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

More News last news
Loading...