नेपालमा एकैदिनमा थपिए ६७१ जनामा कोरोना, संक्रमितको संख्या झण्डै ८ हजार 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमति पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

Advertisement

संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजा लगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ । यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेका छन् भने २२ जनाले ज्यान गुमाएका छन् ।

More News last news
Loading...