लकडाउनपछि पल, बले र रियाशा एउटै म्युजिक भिडियोमा (भिडियो)

काठमाडौँ । कोभिड-१९ नियन्त्रण र रोकथामका लागि भएको लामो लकडाउन (बन्दाबन्दी) पछिपल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन्।

बन्दाबन्दी खुकुलो भएपछि भौतिक दुरी कायम गरि निर्माण गरिएको ए है माया बोलको गीतको भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधिर श्रेष्ठले पनि अभिनय गरेका छन्।

Advertisement

दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ । गीतको शब्द गायक ओली आफै‌ले लेखेका हुन् भने भिडियो निर्देशन पनि उनी आफैंले गरेका छन्। विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन्। भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतीप्रतिको मायालाई देखाइएको छ।

भिडियोले कोरोना संक्रमणपछि एक्लोपनको महसुस हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नु पर्ने सन्देश प्रदान गरेको छ।

More News last news
Loading...