गण्डकी प्रदेशमा संक्रमितको संख्या २४७ पुग्यो

२ जिल्लामा थपिए २१ जना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशका २ जिल्लामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गा.पा.का १४ जना, मध्यविन्दु न.पा. २ जना, कावासोती न.पा. का १ जना र अर्को नाम नखुलेको पालिकामा एक जना गरी १८ जनामा संक्रमण देखिएको हो ।

Advertisement

यस्तै पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।

नयाँ २१ जना संक्रमितहरु सबै भारतबाट फर्किएको बुझिएको छ ।

More News last news
Loading...