सापटी र घिरौँलेको रुकुम घटनामा आधारित दमदार भिडियो सार्वजनिक

काठमाडौँ । रुकुमको चौरजहारीमा भएको सामुहिक हत्याकाण्डबारे कलाकारहरुले छोटो चलचित्र (सर्ट फिल्म) निर्माण गरेका छन्।

मेरी बास्सैका चर्चित कलाकारद्वय दिवाकर भन्डारी (सापटी काका) र लेखान्त भुसाल (घिरौले) ले रुकुमको सामुहिक हत्याकाण्डमा आधारित सर्ट फिल्म (इतिहास) निर्माण गरेका हुन्।

Advertisement

लकडाउनका बेला समाजमा घट्ने जातीय छुवाछुतलाई अन्य गरौं भन्ने संन्देशसहित आफुँहरुले उक्त भिडियो निर्माण गरेको कलाकार लेखान्त भुसाल (घिरौले) ले बताए।

उनले भने “हामीले समाजमा घटेका जातीय छुवाछुतबारेका घटनालाई समेटेर सर्ट फिल्म निर्माण गरेका छौँ । यसले थोरै भएपनि समाजमा सकारात्मक सन्देश दिनेछ । हामी केही दिनमा अर्को भाग पनि सार्बजनिक गर्नेछौँ।”

इतिहास (सर्ट फिल्म) कलाकारद्वय दिवाकर भण्डारी र लेखान्त भुसालको लेखन तथा निर्देशनमा निर्माण भएको हो।

उक्त भिडियोमा दिवाकर भण्डारी, लेखनाथ भुसाल, सविना भण्डारी, विष्णु खड्का काकी, गोकुल विसी, शंकर ओझा लगायतले अभिनय गरेका छन् । भिडियो मिडिया हबको अफिसियल च्यानल मार्फत सार्बजनिक भएको छ।

भिडियो

More News last news
Loading...