काठमाडौँ । गण्डकी प्रदेशका ५ जिल्लामा आज कोरोना संक्रमित थपिएका छन् । मंगलबार बिहान यी जिल्लाका १८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरेको छ ।
यो सँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या २२३ पुगेको छ।
मंगलबार बिहान सबैभन्दा धेरै गोरखामा १० जना नयाँ संक्रमित थपिएका छन् । यस्तै, स्याङ्जामा ४, नवलपरासीमा २ तथा बागलुङ् र कास्कीमा एक एक जनामा संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
