लकडाउनको ८३ दिनपछि खुले सरकारी र गैरसरकारी कार्यालय

काठमाडौं । सरकारी तथा गैरसरकारी कार्यालयहरु लकडाउनको ८३ दिनपछि खुलेका छन् । सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् ।

विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन्। सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन्। लकडाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ।

Advertisement

सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेपनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ। कार्यालय प्रवेश गर्नुअगाडी सामाजिक दुरी कायम गर्दै तापक्रम लिने गरिएको छ। हात धोएर कार्यालयभित्र समेत सामाजिक दुरी कायम गर्नुपर्ने बताइएको छ।

सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दुरी कायम गर्नुपर्ने छ। मन्त्रिपरिषद्को जेठ २८ गतेबसेको बैठकले आजबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

More News last news
Loading...