सरिता गिरीलाई पार्टीको साधारण सदस्यबाट हटाउने तयारी, सांसद पद पनि चट !

काठमाडौं । संविधान संशोधनको विपक्षमा आफूलाई उभ्याएकी सरिता गिरीलाई जनता समाजवादी पार्टी (जसपा) ले पार्टी र सांसद दुवै पदबाट हटाउने तयारी गरेको छ ।

जसपा स्रोतका अनुसार उनलाई दुवै पदबाट बर्खास्त गर्ने अन्तिम तयारी भएको छ। पार्टीको नीति र निर्देशन उल्लंघन गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी र सांसद पद दुवैबाट निष्कासन गर्ने तयारी गरिएको हो ।

Advertisement

अहिले डा. बाबुराम भट्टराई गोरखामा र उपेन्द्र यादव विराटनगरमा भएकाले आएपछि कारबाहीको अन्तिम निर्णय गरिने जनाईएको छ । संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

सांसद गिरीले संविधान संशोधनको विरोध गर्दै छुट्टै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। जसलाई सभामुख अग्निप्रसाद खरेलले अस्वीकृत भएको घोषणा गरेका थिए।

सांसद गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्दा पर्याप्त प्रमाण नजुटाएको भन्दै विरोध गरेकी थिइन्।

More News last news
Loading...