काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराएका हुन् । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ ।
निको भएर घर फर्किनेमध्ये पुरुष ८७७ जना र महिला ९७ जना रहेका छन् । यसैगरी कोरोनाबाट गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएपछि मृतकको संख्या कूल १९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
