१६ बुँदे मागसहित नेविसंघले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले शिक्षामा देखिएका बेथिति र बिसंगतिको अन्त्य गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा गएको नेबिसंघ पदाधिकारी सहितको टोलीले सबै विद्यालय एवं तथा क्याम्पसले शैक्षिक संस्था नखुल्दासम्मको कुनै पनि शुल्क लिने कार्य तत्काल बन्द गर्ने लगायतका १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

यसैगरी संघले बजेट बक्तब्यको बुँदा नम्बर १६६ खारेजी, पुस्तक आयातमा लगाईएको १० प्रतिशत कर खारेजी, सरकारी विद्यालयमा क्वारेन्टीन रहेको अवस्थामा निजीमा मात्र पढाई सुचारु गर्ने नहुने, इन्टरनेट लगायतका सबै प्रबिधि निशुल्क उपलब्ध गराउने, भर्ना, परीक्षा र स्रोत ब्यवस्थापनमा स्पष्ट अवधारणा ल्याउने लगायतका मागसहित आफूहरुले ज्ञापन पत्र बुझाएको संघका महामन्त्री युवराज पाण्डेयले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विद्यालयहरुलाई विद्यार्थीको कक्षा चढाउने र अभिलेखीकरण राख्ने मात्र काम गर्न भनेको पनि नेविसंघलाई जानकारी दिएको उनले बताए ।

यस्तै अनलाइन शिक्षाको शूल्क नलिन विद्यालय संचालकहरुलाई निर्देशन दिईसकेको र कार्यान्वयन गर्न थप प्रतिवद्ध रहेको मन्त्री पोखरेलले बताएका थिए ।

More News last news
Loading...