काठमाडौं । चर्चित नायिका नम्रता श्रेष्ठ ३५ वर्ष पुगेकी छन् । आइतबार आफ्नो ३५ औ जन्मदिन परिवारसँग मनाउने भएकी छन् ।
‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी नम्रता पछिल्लो समय नायिका निर्माताको रुपमा समेत चिनिएकी छन् ।
‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी नम्रता लोकप्रिय समेत भईन् ।
नेपाली फिल्म क्षेत्रकी हट एण्ड ब्युटि अभिनेत्री श्रेष्ठलाई सहकर्मी, अग्रज, फ्यान लगायतले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
