काठमाडौं । नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको बताए ।
संक्रमतिमध्ये २४७ जना पुरुष र २६ जना महिला रहेका छन् । यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको हुँदा कुल निको हुनेको संख्या ९१३ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
