काठमाडौं । गण्डकी प्रदेशका स्याङजा, पर्वत, तनहुँ र वर्दघाटमा गरी ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशको स्याङजामा २२ जना, पर्वतमा १३ जना, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र तनहुँका १ १ जनामा गरी कुल ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
