काठमाडौँ । नेपालमा आज थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारको नियमित पत्रकार सम्मेलनमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ संक्रमितमा पुरुष २३० पुरुष र २० जना महिला रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुनेको संख्या ८६१ पुगेको छ भने हालसम्म १५ जनाले ज्यान गुमाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
