काठमाडौं आइपुगे कुवेतबाट उद्धार गरिएका नेपाली महिला कामदार

काठमाडौ । कुवेतबाट नेपाली महिला कामदार काठमाडौं आइपुगेका छन् ।

जजिरा एयरलाइन्सको पहिलो जहाजबाट उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार जजिरा एयरलाइन्सको जे ९१५४१ नम्बरको पहिलो जहाज बिहान ४ बजे उडेको थियो ।

Advertisement

दोस्रो जहाज भने बिहान ६ बजे उडेको थियो । पहिलो जहाजमा १ सय ५७ जना नेपाली महिला छन् भने दोस्रो जहाजमा १ सय ४९ जना नेपाली महिला कामदार रहेका छन् । अहिले पहिलो जहाज अवरतण गरिसकेको छ भने दोस्रो जहाज केहिबेरपछि आइपुग्नेछ ।

उनीहरूलाई साझा यातायत र नेपाली सेनाको गाडिबाट प्रादेशिक होल्डिङ क्षेत्र लगिएको छ । उनीहरूलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्न मंगलबार अनुमति दिएको थियो ।

More News last news
Loading...