‘शिरमा फूल’ बोलको गीतमा मोडल समिक्षा पोखरेलको लोभलाग्दो अभिनय (भिडियो)

काठमाडौं । गायिका मिना कार्कीको नयाँ गीत ‘शिरमा फूल’ मा मोडल समिक्षा पोखरेलले लोभलाग्दो अभिनय गरेकी छिन् ।

सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त  गीतको म्युजिक भिडियोमा मोडल पोखरेलसँगै  कैलाश कठायतको अभिनय रहेको छ । मोडल पोखरेलले यसअघि पनि दर्जनौ गीतमा अभिनय गरिसकेकी छिन् ।

Advertisement

एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन । गीतको छायांकन उत्सव दाहाल गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

पेशाले नर्स रहेकी गायिका कार्कीले एल्बम सदिक्षा भित्रका प्रत्येक गीत म्युजिक भिडियो सहित क्रमशः सार्वजनिक गर्दै जाने जानकारी गराएकी छिन् ।

More News last news
Loading...