‘‘१० अर्ब कहाँ खर्च भयो, एक–एक हिसाब चाहियो’’

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले कोरोना रोकथामको लागि खर्च गरिएको १० अर्बको खर्च चाहिने बताएका छन् ।

प्रतिनिधि सभाका आजको बैठकमा बोल्दै उनले भने, ‘‘कोरोना बिरुद्ध १० अर्व कहाँ खर्च भयो हामीलाई हिसाव चाहिन्छ, ५ वटा पिसिआर मेसिन किन्ने, २५ हजार पिसिआर किट किनेर १० अर्वको हिसाव देखाउनु पर्दैन्, हामीलाई एक एक कुराको हिसाव चाहिन्छ यस्तो विपत्तीको बेलामा भष्ट्रचारमा लिप्त हुने, यो निर्जलताको पराकाष्ट हो, हामीलाई हिसाब चाहिन्छ।’’

Advertisement

यस्तै उनले कोरोना रोकथामका लागि आरडिटी परिक्षण काम छैन् भनेर बिज्ञहरुले भनेको खण्डमा पनि सरकारले त्यसलाई बन्द नगरेको भन्दै आलोचना गरे ।

यो सरकारले कोरोनाको महामारीलाई पार नलगाउने भन्दै नेता थापाले प्रधानमन्त्री संसदमा आएर प्रतिपक्षका प्रश्नको जवाफ दिनुपर्ने जनाए ।

नेता थापाले कोरोना भाइरस रोकथामका लागि बनाईएका क्वारेन्टाइन हो कि मान्छे मार्ने ‘कन्सन्टेसन क्याम्प’ हो भनेर सरकारलाई प्रश्न समेत गरे ।

More News last news
Loading...