रुपन्देही तिलोत्तमा ५ जनाको सामूहिक हत्या

काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा ५ जनाको सामूहिक हत्या भएको छ ।

स्थानीय पशु फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Advertisement

हत्या गरिएकाहरुमा आषिश चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहर छन् । घटनामा सोही फार्ममा रहेका सुर्खेतका झपेन्द्र सिंह सिंजालीले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

फार्ममा काम गर्नेहरु पाँचजनालाई कोदालो प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन ।

More News last news
Loading...