काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले पछिल्लो समय लगातार विवादित बयान दिँदै आएकी छिन्।नेपालले नयाँ नक्सा जारी गर्नुअघि संसदमै भारत र चीनसँग नेपालले सोध्नुपर्ने भन्दै विवादित बयान दिएकी गिरी पछिल्लो समय लिम्पियाधुरा नेपालको भूभाग नभएको बताउँदै आएकी छिन्।
एक टेलिभिजन अन्तरवार्तामा समेत गिरीले लिम्पियाधुरा नेपालको भूभाग रहेको आफूले नस्वीकार्ने बताएकी छिन्।गिरीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले आक्रोश पोखिरहेका छन्।
उक्त अभिव्यक्तिबारे राप्रपा अध्यक्ष कमल थापाले यस्तो व्यक्तिलाई संसदमा रहने नैतिक आधार नरहेको प्रतिक्रिया दिएका छन्। एक ट्विट गर्दै थापाले की गिरीले आफ्नो भनाई फिर्ता लिनुपर्ने वा सांसदको पद छाड्नु पर्ने बताएका छन्।
थापाले लेखेका छन्,”लिम्पियाधुरा नेपालको भूभाग होईन भन्नेरस्विकार गर्दिन भन्ने व्यक्तिलाई गरिमामय संसदमा रहने नैतिक आधार छैन। निजले आफ्नो भनाई फिर्ता लिनुपर्छ वा पद छाड्नु पर्छ।
यसअघि गिरीको संसदको बयानलाई लिएर नेकपा सांसद गंगा चौधरीले ‘संसदमा भारतीय चेलीको दादागिरी’ चल्न थालेको आरोप लगाएकी थिइन्। उक्त आरोपपछि सांसद गिरीले ‘हेट स्पिच’ दिएको भन्दै सभामुखसमक्ष चौधरीमाथी कारवाही गर्न माग गरेकी थिइन्। राजपाकी सांसद अमृता अग्रहरी गिरीको पक्ष लिँदै बोलेकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
