पोखरा । पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
पोखरा-९ घर भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालाय, गण्डकी प्रदेशले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ।
निर्देशनालयका अनुसार, संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । अहिले उक्त प्रतिष्ठानमा तीन जना संक्रमित उपचाररत् छन् ।
यस्तै, आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा उपचाररत एक जना संक्रमितको ज्यान गएको छ । मृतक व्यक्ति स्याङ्जा वालिङ –३ का ६० वर्षीय पुरुष रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
