काठमाडौं । नेपालमा आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत बिभिन्न स्थानमा गरिएको परीक्षणमा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३४४८ पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म १३ जनाले ज्यान गुमाएका छन् भने ४६७ जना सफल उपचारपछि डिस्चार्ज भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
