लकडाउन खुकुलो बनाउन नयाँ मोडालिटी

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउने नयाँ रणनीति बनाएको छ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन ७६ औं दिन पुग्दा सरकारले लकडाउन खुकुलो बनाउने योजनासहित नयाँ रणनीति बनाएको हो ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ मोडालिटी तयार गरेको छ । तयार पारेको लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटीको विषयमा शनिबार छलफल भएको थियो ।

Advertisement

स्रोतका अनुसार, सरकारले यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी पारेको हो । नयाँ मोडालिटी अनुसार, सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउन लागेको छ ।

आइतबार समितिले लकडाउनको मोडालिटीको विषय छलफल गर्ने र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन जेठ ३२ गतेसम्मलाई तोकिएको छ ।

More News last news
Loading...