गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण, स्याङ्जामा मात्र १४ जना थपिए

काठमाडौं । आइतबार एका बिहानै ३८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य  निर्देशनालय गण्डकी प्रदेशका अनुसार स्याङ्जामा १४ जना, वाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी वर्दघाट सुस्ता पुर्वमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

स्याङ्जा भेटिएका १४ जना संक्रमितमध्ये १३ जना वालिङ न.पा. र १ जना भिरकोट न.पा.का. रहेका छन् । यस्तै वाग्लुङका वडिगाउँ गा.पा र ढोरपाटन न.पा, गोरखाका पालुङटार न.पा. र गण्डकी न.पा का रहेका छन् भने नवलपरासीका हुप्सेकोट गा.पा.का रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

More News last news
Loading...