काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
डोल्पाका जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु पश्चातको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १२ पुगेको छ ।
मृत्युपछिको रिर्पोट पोजेटिभ आएपनि उक्त मृत्युलाई कोरोनासँग सम्बन्धित भन्ने गरिन्छ । उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । होम क्वारेन्टिमा रहेका उनको जेठ २० गते मृत्यु भएको थियो ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले यसको पुष्टि गरिसकेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनबाट यसबारे थप पुष्टि गर्ने छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
