काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा थप २७८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २९१२ पुगेको छ। संक्रमितमध्ये ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
