नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ११ पुग्यो मृतकको संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का वडा अध्यक्ष धनबहादुर थापाका अनुसार सोही नगरपालिका वडा नं १ निवासी २० वर्षीय युवाको मृत्यु भएको हो ।

जेठ ९ गते भारतबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवालाई स्थानीय तहले जनता मा.वि. विद्यापुरको क्वारेन्टीनमा राखेर जेठ २१ आरडिटी परीक्षणमा उनको रिर्पोट नेगेटिभ देखिएपछि घर पठाईएको थियो । तर उनको बुधबार राती नै मृत्यु भएको थियो ।

Advertisement

बुधबार राति मृत्यु भएपछि उनको स्वाब संकलन गरी प्रदेश अस्पताल, वीरेन्द्रनगरमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको वडा अध्यक्ष थापाले बताए । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

उनको मृत्यु कोरोना संक्रमणबाट भएको देखिएतापनि यसको आधिकारिक पुष्टि भने गर्न बाँकी छ ।

More News last news
Loading...