काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको सरुवा गरेको छ।
उनलाई मन्त्रालय तानेर विभागको महानिर्देशकमा १२औँ तहका अर्का प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहलाई पठाईएको छ । त्यसैगरी व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई पनि मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयले विभागको महानिर्देशकमा १२औँ तहका अर्का प्रमुख विशेषज्ञ डा सिंह र व्यवस्थापन महाशाखामा हाल राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ।
मन्त्रालयले परोपकार प्रसुति गृह थापाथलीका निर्देशक डा.जागेश्वर गौतमलाई पनि मन्त्रालय सरुवा गरेको छ भने उनको ठाउँमा डा. संगीता कौशललाई पठाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
