बजेटमै समेटिएको ‘कोरोना बिमा’ याेजना बन्द

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्।

संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन्।

Advertisement

निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले भोलि शुक्रबारदेखि पोलिसी नै स्थगन गर्न बिमा समितिमा प्रस्ताव गरिएको जानकारी दिए।

बिमा समितिले पनि यसमा सहमति जनाइसकेको छ। बिमा समितिका एक अधिकारीले भने, ‘संघले नै भनिसकेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन, उहाँहरूको कुरामा हामीले सहमति जनायौं।’

नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो। बिमा कम्पनीहरूले कोभिड-१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन्।

जसबापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए। हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन। सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो।

More News last news
Loading...