कोरोना संक्रमणबाट थप एकको मृत्यु, संक्रमितको कूल संख्या २६३४

मृतकको संख्या १० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाल्पाका ४५ वर्षीय एक पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएसँगै मृतकको संख्या १० पुगेको हो ।

Advertisement

ती पुरुषको गत जेठ २० गते मृत्यु भएको थियो र उनको स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएको हो । उनी भारतबाट आएका थिए ।

यस्तै, नेपालमा बिहीबार थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।

More News last news
Loading...