काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
दोलखाका ७६ वर्षीय वृद्धको बुधबार निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
याे सँगै नेपालमा काेराेना संक्रमितबाट मृत्यु हुनेकाे सँख्या ९ पुगेकाेे छ ।
पहिला सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका उनलाई कोरोनाको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि गत जेठ १५ गते शिक्षण अस्पताल ल्याईएकाेे थियाे ।
हालसम्म नेपालमा काेराेना सँक्रमितकाे संख्या २३ सय पुगेकाे छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
