नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो, एकैदिन २८८ नयाँ संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

Advertisement

सोमबार एकैदिन २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार थप ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जनाएको छ । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किएको संख्या २६६ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ ।

More News last news
Loading...