प्रदेश सभाको नीति तथा कार्यक्रम ‘रामायण’ जस्तै : प्रदेश सांसद श्रेष्ठ

कास्की । गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले प्रदेश सभाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम रामायण जस्तै भएको बताएका छन् ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममाथीको आजको छलफलमा बोल्दै सांसद श्रेष्ठले विश्वनै कोरोनाको महामारीबाट गुज्रिरहेका बेला प्रदेश सरकारले ल्याएको बजेट रामायण जस्तै भएको भन्दै आलोचना गरेका हुन् । सरकारले खाली कागज र कार्यक्रममा ठूला गफ दिएपनि कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको बताए ।

Advertisement

नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका उपनेता समेत रहेका श्रेष्ठले अहिले परीक्षण भईरहेको पिसिआर टेष्ट निकै सुुस्त गतिमा भईरहेको भन्दै असन्तुष्टी पोखे । सरकारले पुरा गर्नुपर्ने अत्यावश्यक र समस्या परेका कुराहरुका बारेमा सरकार अल्झिएको भन्दै सरकार चनाखो हुनुपर्नेमा जोड दिए । सरकारको काम गराई एकातीर र नीति तथा कार्यक्रम अर्कोतीर भएको बताए ।

उनले सरकारको अहिलेको प्रमुख प्राथमिकता जनतालाई कोरोनाबाट कसरी जोगाउने र भाकै नराख्नेप्रति हुनुपर्ने बताए । कृषिमा क्रान्ति ल्याउनुपर्नेमा पुर्णतया सहमति जनाउँदै उनले थपे ‘कृषिमा क्रान्ति भन्दै गर्दा मल नपाउने, किटनासक औषधीहरु नपाउने लगायतका थुप्रै समस्याहरु रहेका छन् ।’

More News last news
Loading...