काठमाडौं । गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा हुन् भने विनयत्रिवेणी गाउँपालिकाका संक्रमित १४ वर्षीय किशोर हुन् । उनीहरु क्वारेन्टिनमै बसिरहेका थिए ।
उनीहरुलाई पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
