कर्णाली प्रदेशमा थपिए ४३ जना कोरोना संक्रमित

काठमाडौँ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

Advertisement

यो सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए ।

More News last news
Loading...